साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य बढेर प्रतितोला ९७ हजार ८ सयमा तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सयम कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर १ हजार २ सय ५० पुगेको महासङ्घले जानकारी दिइएको छ ।