काठमाडौँ । पाकिस्तानमा भारी मनसुनी र वर्षा भएको छ । निरन्तर आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको हो ।
सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर ६ जनाको ज्यान गएको छ ।
त्यसैगरी उत्तरपश्चिीमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण ३ को ज्यान गएको बताइएको छ । यसवर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर ५ सय ९२ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी यस वर्षाका कारण यहाँका करिब १ हजार घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ ।
Add Comment