राष्ट्रपतिद्धारा ‘ह्यमुन मिल्क बैंक’ उद्घाटन

काठमाडौँ । नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा ‘ह्युमन मिल्क बैँक’ सञ्चालनमा आएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुक्रबार अस्पतालको ६३औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा ‘ह्युमन मिल्क बैँक’ अर्थात ‘अमृत कोष’को उद्घाटन गरेकी हुन् ।

बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेका बेलामा अरु आमाहरुको दूध उपलब्ध गराउँछ । अस्पतालमा रहेको ह्यमुन मिल्क बैँक मा सुत्केरी आमाबाट सुरक्षित रुपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने छ ।

उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यसको स्थापना मातृ तथा शिशु सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताइन् । उनले भनिन् –‘यो कोषले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान दिनुका साथै स्तनपान महत्त्वबारे जनचेतना जगाउने सहयोग पुग्नेछ भन्ने विश्वास छ । छ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उनीले खुसी व्यक्त गरेकी छन् ।

नेपाली समाजमा आमाको दूध दान गर्नु पुरानो अभ्यासको रुपमा भए पनि अमृत कोषले व्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरुलाई वितरण गर्नेछ भन्ने लागेको छ ।’

उनले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताइन। “दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ”, उनले भनीन, “अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको सङ्कलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।

निर्देशक श्रेष्ठले अमृत कोषबाट सुत्केरी आमाबाट सुरक्षितरुपमा दान गरी दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक शिशुलाई दूध उपलब्ध गराइने बताए । ह्युमन मिल्क बैंकबाट आमाको दूधबाट वञ्चित शिशु प्रत्यक्ष लाभान्भित हुने अस्पतालका डा कल्पना उपाध्याय सुवेदीले जानकारी दिए।

विसं २०१६ श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको अस्पतालमा अहिले चार सय ७९ शय्या रहेको छ । नेपाल सरकार र जर्मनी सरकारको सहयोगमा अस्पतालले तारकेश्वर र चन्द्रागिरी नगरपालिकामा ५०र५० शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता सम्पन्न भई निर्माणको प्रक्रिया अगाडि बढेको अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिए।