बैतडीमा युवायुवती मृत फेला

काठमाडौँ । बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका छन् । उनीहरु मृत फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

प्रहरीका अनुसार मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।