काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न थालिएको छ ।
भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिकाअनुसार यहाँ छनोटलाई तीव्र बनाइएको हो । जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिइएको छ ।
सो खेलमा प्रदेशस्तरीय छनोटमा सहभागी गराउने योजनाअनुसार आर्चरी, कवड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताए । “सम्बन्धित खेलकुद सङ्घसँग समन्वय गरेर खेलाडी छनोटको काम भइरहेको छ”, उनले भने, “जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराइ राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यविधि छ ।”
राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको छ । देशभरबाट खेलाडी छनोटसँगै गण्डकीको राजधानी पोखराबाहेकका सहरमा पनि प्रतियोगिताको खेल खेलाउन लागिएको राखेपका सदस्य राजेश गुरुङले बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेका थिए । जिसस प्रमुख थापाले बेनीको शिक्षा मार्गमा स्थापना भएको भलिबल सङ्घको कार्यालय पनि स्थापना गरेको छ । सङघले जिल्लाका छ वटै स्थानीय तहमा पनि समिति विस्तार गरेको छ ।
Add Comment