आज पनि नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर २ हजार ५३ दशमलव १३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ४७ अङ्कले ओरालो लागेर ३ सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल २ सय २२ कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता शेयर १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० मूल्यमा खरिद बिक्री भएको छ । 

कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै झिनो अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण  २९ खर्ब ४१ अर्ब ९७ करोड ४३ लाख ३५ हजार ४ सय ८ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको  २८ करोड १८ लाख ७१ हजार ३ सय २६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहन सफल भएको छ ।  यस्तै शिवम् सिमेन्ट ५ करोड ५३ लाख २२ हजार ७ सय ९५ र अपि पावर कम्पनी रु  ५ करोड ५२ लाख ७ हजार ३ सय ३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

एनआइविएल समृद्धि फण्ड दोस्रो छ दशमलव ७५, दोर्दी खोला जलविद्युत् कम्पनी ५ दशमलव २४, श्वेत गङ्गा हाइड्रोपावर ४ दशमलव १५, तारागाउँ रिजेन्सी होटल ३ दशमलव ८९ र सबैको लघुवित्तका लगानीकर्ताले दुई दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।