चाँदीको गहना सहित एक पक्राउ

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ सखडाचोकबाट करिब ५ केजी ६ सय ६० ग्राम चाँदीका विभिन्न गहना सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ७ बस्ने ५० वर्षीय श्री कुमार सोनार रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले पैदलयात्री सोनारलाई जाँच गर्ने क्रममा झोलामा बोकी ल्याएको  उक्त गहना सहित फेला पारी पक्राउ गरेको बताएका छन् ।  उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।