कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उनले भने, हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको बताएका छन् । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।