लक्की ग्रुपद्धारा डिलर र वितरकलाई विदेश भ्रमण

काठमाडौं । लक्की ग्रुप अन्तर्गत रहेको गायत्री एण्ड सन्स प्रालिले आफ्ना डिलर तथा वितरकहरुलाई वाकु तथा दुवई भ्रमण गराएको छ । भाद्र ४ गतदेखि १२ गतेसम्म साताव्यापी भ्रमण गराएको हो ।

नेपालभर रहेका आफ्ना डिलर तथा वितरकहरु मध्ये उत्कृष्ट रुपमा डिलर सेवा तथा वितरकको भूमिका निर्वाह गर्नेलाई भ्रमण गराइएको र आगामी दिनमा पनि यस्ता भ्रमणलाई निरन्तरता दिने गायत्री एण्ड सन्स प्रालिका प्रमुख बजार व्यवस्थापक सोहिल श्रेष्ठले जानकारी दिएका छन् ।

कम्पनीले हाल बजारमा लाईफर, पोलार , हिन्डवेर र चुन्लानका सामग्री विक्री वितरण गर्दै आईरहेको समेत जनाएको छ ।