विजुलीका बस चार्ज गर्न प्राधिकरणमा नै स्टेशन

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन विक्री वढ्दै गएको मात्र होइन प्रयोगकर्ताहरुमा संख्या पनि उत्तिकै बढ्दै गईरहेको छ । विद्युतीय सवारी सञ्चालन बढेसँगै सवारीका लागि आवश्यक चार्जिङ्ग स्टेशन अभावलाई परिपूर्ति गर्नका लागि नेपाल बिद्युत प्राधिकरणले आफ्नै कम्पाउण्ड भित्र एउटा चार्जिङ स्टेसन सन्चालनमा ल्याइएसकेको छ ।

विद्युत प्राधिकरणले शुरु गरेको पहिलो चाजिङ्ग स्टेशन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटन पश्चात सञ्चालनमा आएको छ । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए । प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाई छ ।