पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध

काठमाडौँ । निरन्तर आएको वर्षा र पहिरोको कारण जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको बीचमा पर्ने आठबीसकोट–१४ मा सडकबाट आएको पहिरोले बाटो अवरुद्ध हुनुका साथै स्थानीयवासीले लगाएको बालीमा समेत क्षति पुगेको छ ।

लगातार आएको वर्षा र पहिरोले बराम्ची नदी कटान गर्दा सडकसँगै सिम्ले बजार पनि जोखिममा रहेको छ ।