पाँच तले भवन भत्किँदा १० को मृत्यु

काठमाडौँ । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ ।

अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा ६ महिला, ३ बालबालिका र १ जना पुरुषको शव फेला परेको जानकारी दिएको छ । एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।

भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा बर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ ।