३० प्रतिशत लगानी भारतीय भएपछि कान्तिपुर दैनिकमा खैलाबैला ?

काठमाडौं, साउन । गत सोमबार मन्त्रीपरिषद्ल सूचना सञ्चार प्रविधि मन्त्रालयलाई आम सञ्चार ऐनको विधेयक बनाउन स्वीकृति दियो । सरकारले त्यस्तो स्वीकृति दिएसँगै नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया गु्रपलाई सहयोग पुग्ने गरी करीव तीन महिना अगाडि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बुझाएको राष्ट्रघाती आम सञ्चार विधेयकबारे पत्रकारहरुवीच चर्चा हुन थालेको छ।
संविधानविद् काशीराज दाहालको अध्यक्षतामा मन्त्रीपरिषद्का निर्णयबाट २०७३ पुसमा नै सदस्यीय आम सञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समिति बन्यो । त्यो समितिले २०७४ फागुनमा आम सञ्चार सम्वन्धी ऐनको मस्यौदा सरकारलाई बुझाएको छ ।
क्लिन mिड (विज्ञापन रहित) लगानीमा एकाधिकारको अन्त्य, आम सञ्चारको प्रविधितग विकास मात्र २५ प्रतिशत लगानी गर्न पाउने र विदेशी कामदारलाई आम सञ्चारमा प्रतिवन्ध लगाएको प्रावधान त्यो ऐनको मस्यौदामा छ ।
तर, त्यो ऐनको मस्यौदा समितिले गर्दैगर्दा पत्रकार महासंघले पनि आम सञ्चार एनेको मस्योद्या बनाउने आतुरता देखायो । महासंघले त्यस्तो अतुरता देखाउनुको रहस्यको भण्डाफोर उसले ऐन मस्यौदा मन्त्रालयमा बुझएपछि भयो । पत्रकार महासंघले बुझाएको मस्यौदामा विदेशी कामदार नेपाली सञ्चार गृहमा संलग्न हुन पाउने नपाउने वषयमा मौन छ ।
यही मस्यौदालाई टेकेर कान्तिपुर मिडियाले भारतको टाइम्स अफ ग्रुपलाई ३० प्रतिशत शेयर बेच्ने सहमित गरेको श्रोत बताउँछ । सो श्रोतका अनुसार टाइम्स अफ इन्डियाका रजनीश भन्ने व्यक्तिसँग कान्तिपुरका प्रवन्ध निर्देशक कैलाश सिरोहियाले उक्त सहमति गरेका हुन् ।
सम्पादकभन्दा माथिल्लो तहमा रजनीश भन्ने व्यक्तिलाई ल्याउन सिरोहिया सहमत भएपछि कान्तिपुर र द काठमाण्डु पोष्टका सम्पादकद्धयले राजीनामा दिएका छन् । श्रोतका अनुसार गत आवमा १ अर्व ३० करोड व्यापार गरेको कान्तिपुर मिडिया ग्रुपले यस आवमा ३० करोड गुमाएको श्रोतले दावी गरेको छ ।
त्यसमाथि पछिल्लो समयमा कान्तिपुरमा कैलाश सिरोहिया भन्दा उनकी श्रीमती स्वस्तिका सिरोहिया हावी हुन थालेकी छिन् ।
उनले कान्तिपुरको कार्यकारी प्रमुखमा पूर्व एआईजी राजनसिंह भण्डारीलाई ल्याउने भित्री तयारी गरेकी छिन् । उनको यो निर्णय कार्यान्वयन भएमा अहिलेका कार्यकारी प्रमुअ सम्भव सिरोहिया विदा हुनेछन् । सम्भवा सिरोहियाले आन्तरिक व्यवस्थापन मात्र होइन ्, सम्पादकीय क्षेत्रमा समेत हस्तक्षेप गर्दै आएको गुनासो छ । कसको समाचार छाप्ने र नछाप्ने भन्ने निर्णय निर्णय सम्पादकको होइन, तिनै सम्भव सिरोहियाले गर्दै आएका कारण कान्तिपुरमा दैनिक ठूलै समस्या निम्तने त्यहाँ कार्यरत पत्रकारहरुपत्रकारहरु बताएको दृष्टिमा उल्लेख गरिएको छ ।  बताएको दृष्टिमा उल्लेख गरिएको छ । ।