सुगम र अस्मिताको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ गीत सार्वजनिक

काठमाडौं । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुजन कोइरालाको शब्द, सीडी विजय अधिकारीको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ ।

आकाश श्रेष्ठ र करणा श्रेष्ठलाई फिचरिङ गरिएको रोमान्टिक गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । उक्त भिडियोलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन माधव बेल्वासेको रहेको छ ।