दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सङ्गिता तामाङ सिफारिस

काठमाडौँ । प्रतिनिधि सभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखामा सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस भएकी हुन् ।

त्यसैगरी सिर्जना कार्की र दिपक धनुके समेत सिफारिस भएका छन् । सङ्गिता तामाङ नेकपा एकीकृत समाजवादीकी जिल्ला सहसचिव, एकीकृत समाजवादी बागमती प्रदेश महिला सङ्घ सचिव र स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाका गठबन्धनको तर्फबाट उपमेयरकी साझा उम्मेवार भई निकटतम प्रतिद्वन्दी हुन् ।

उनी विद्यार्थी राजनीतिबाट दोलखा जिल्ला उपाध्यक्ष हुँदै अनेरास्ववियू केन्द्रीय सदस्यमा दुई कार्यकालसम्म जिम्मेवारी निर्वाह गर्न सक्षम विद्यार्थी नेतृत्व हुन् । प्राविधिक रूपमा उनले स्थानीय निर्वाचनमा पछि परे पनि बदर मत समेत नियाल्दा तामाङले अत्यधिक लोकप्रिय मत प्राप्त गर्न सफल भएकी हुन् । आगामी चुनावमा जनतामाझ गई विश्वास जितेर आवश्यक मत प्राप्त गर्ने विश्वास रहेको उनले बताइन् ।