जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक सुरु भएको छ।

जबराविरुद्ध बयान दिन अधिवक्ताको टोली महाभियोग सिफारिस समितिमा पुगेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएकामध्ये अधिवक्ताहरु समितिमा बयानका लागि पुगेका हुन् ।

बयानका क्रममा जबराले कानुन व्यवसायीहरुलाई पनि छलफलका लागि बोलाउन समितिसमक्ष आग्रह गरेका थिए।
सोहिअनुसार समितिले कानुन व्यवसायीहरुलाई छलफलका लागि बोलाएको हो । समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल,
पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

समितिले सर्वोच्च अदालतका न्यायाधीश र पूर्वप्रधानन्यायाधीशलाई छलफलमा बोलाएको भएपनि उनीहरुले नजाने निर्णय गरेका छन् ।