राष्ट्रपति र पूर्व प्रधानमन्त्री माधव नेपाललाई मेयर बालेनको प्रश्न, तीनकुने पार्क किन बनेन ?

काठमाडौं । काठमाडौंमा डोजर आतंक मच्चाउँदा सफल महानगरका मेयर बालेनले अवको प्रश्न तीनकुनेतिर पुगेको छ । सोही क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी र प्रधानमन्त्री बनिसकेको माघवकुमार नेपाललाई मेयर बालेनले सिधा प्रश्न गरेका छ । तीनकुने पार्क बन्ने भनेर जग्गा धनीहरुलाई त्यहाँबाट गलहत्याएको भएपनि ५० वर्ष पुग्न लाग्दा पनि सो ठाउँमा पार्क नबने पछि काठमाडौंका मेयर बालेनले राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री नेपालको हिजोको निर्वाचन क्षेत्र रहेकोको अवस्थाका बारेमा ट्वीट मार्फत सचेत गराएका छन् ।

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि उनले प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले प्रश्न गर्दै ट्वीट गरेका छन् ।