सडेको अवस्थामा ३ जनाको शव फेला

काठमाडौँ । कञ्चनपुरमा तीन जनाको शव फेला परेको छ । तीन जनाको शव सडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

लालझाडी गाउँपालिका १ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका १० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक इन्सपेक्टर नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।

‘प्रहरी निरीक्षक मल्लका अनुसार दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन् । भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’

आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बाएका छन् ।