आफ्नै मूल्यमा सवारी यात्रुहरुलाई क्यावटिएमको गुणस्तरीय सेवा

काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकामा सवारी यात्रुहरुले आफ्नो गन्तव्य स्थानमा पुग्नका लागि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी विभिन्न खाले एप्सको प्रयोग गरी सेवा लिएको देखिन्छ ।

विभिन्न कम्पनीहरुले सो सेवा उपलब्ध पनि गराईरहेका छन् । अहिले काठमाडौमा चलेका त्यस्ता अनलाइन सवारी सेवामा मूल्य भने कम्पनीले नै तोक्ने गरेको छ । त्यसमा कुनै पनि घटबढ भने हुने गरेको देखिँदैन ।

यात्रुहरुले कम्पनीले नै तोकेको भाडा मूल्यमा सवारी साधन प्रयोग गर्नु पर्ने वाध्यतालाई चिर्दै क्यावटिएम सवारी एप्सले भने आफूलाई ग्राहकहरुकै मूल्यमा सवारी सेवा उपलब्ध गराउने गरी आएको छ ।

क्यावटिएम एप्सले कुनै एक ठाउँबाट अर्को ठाउँ जानका लागि कम्पनीले तोकेको मूल्यमा ग्राहकहरुले त्यसमा फेरवदल गर्न सक्ने गरी बनाएको छ ।

मानौ, चावहिलबाट कोटेश्वर जान चाहने यात्रुलाई कम्पनीले २ सय रुपैयाँ मूल्य तोकेको छ भने । क्यावटिएम एप्स मार्फत ग्राहकले १ सय ७५ मा जानका लागि आग्रह गर्न सक्ने छ । अर्थात मूल्य कम्पनीले तोकेकोमा ग्राहकले नै आफूले रोजेको मूल्यमा नै जान पाउने व्यवस्था कम्पनीले गरेको छ ।