समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले अहिलेसम्म १० दलले समानुपातिक तर्फको बन्दसूची पेश गरेको छ ।

आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचन प्रयोजनका लागि असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समयावधि तोकेको थियो ।

अहिलेसम्म एक राजनीतिक दलले मात्रै बन्दसूची बुझाएको छ । आयोगका अनुसार आइतबार ९ दलले बन्दसूची पेश गरेका थिए ।

आज खुम्बुवान राष्ट्रिय दलित मोर्चा नेपाल, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, एकीकृत शक्ति नेपाल, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी,नेकपा मार्क्सवादी पुष्पलाल र नेपाल सद्भावना पार्टीले बन्दसूची बुझाएका छन् ।