नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने मागसहित युवाहरू प्रदर्शनमा

काठमाडौं । काठमाडौंको माइतीघरमा नागरिकताविहीन युवाहरुले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेका गरे । प्रदर्शनमा सहभागी युवाहरुले बुबा, आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक अहिलेसम्म भन्दै प्रश्न गरेका छन्।

नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफ्ना मागहरु संविधानअनुरुप नै भएको बताए। अहिले आठौं चरणको आन्दोलनअन्तर्गत बुबा(आमा दुवै नेपाली नागरिक भएपछि आफूहरुले पनि नागरिकता पाउनुपर्ने भन्दै धर्नामा बस्नुपरेको उनले बताए। उनले छिटोभन्दा छिटो नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गरेका छन् ।

नागरिकतासम्बन्धी कानुनअघि नबढ्दा आफूहरु नागरिकताविहीन हुन पुगेको भन्दै उनीहरुले प्रदर्श गरेका हुन्। उनीहरुले नागरिकता विधेयक, २०७९ शिघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने माग राखेका छन्।