कैलालीमा एक जना मृत फेला

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१२ को शान्तिनगर एक जना मृत भेटिएको प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जानकारी दिए ।

बुधबार बिहान बडेला आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हो । डीएसपी जोशीले घटना शंकास्पद रहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए । उनकाअनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

प्रहरीका अनुसार अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको छ ।