चोरीको मोटरसाइकल सहित एक पक्राउ

काठमाडौँ । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका १ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ रहेका छन् । उनलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका ६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।

बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२(०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।