काठमाडौँ । सुडानमा बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या १ सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।
सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या १ सय ४६ पुगेको जानकारी बुधबार दिएको छ ।
हालै यहाँ आएको बाढीले ५ हजारभन्दा बढी घर बगाएको छ । अन्य ७ हजार घरमा क्षति पुगेको छ । यहाँको उत्तरी क्षेत्रका २ सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पु¥याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पु¥याएको छ ।
यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि १ लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।
Add Comment