गजुरीमा बसले ठक्कर दिदा बालकको मृत्यु

काठमाडौँ । धादिङको गजुरीमा बसको ठक्करबाट स्कुले बालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गको गजुरी बजारमा एक स्थानीय बालकलाई बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु हो ।

स्थानीय विजय परियार विद्यालय जाँदै गरेको बेला बाटो क्रस गर्ने क्रममा जेव्रा क्रसिङमा नै बसको ठक्करमा ज्यान गएको हो । काठमाडौंबाट गोर्खातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्वरको बसले बालकलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

बालकको मृत्युपछि स्थानीयको आक्रोसित भिडले बसमा तोडफोड र आगजनी गरेको छ । मृतक बालक गजुरी स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १ मा अध्यानरत विद्यार्थी हुन् ।

स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध गर्दै चालकलाई कारबाही र बालकका परिवारलाई क्षतिपूर्ति माग गरेका छन् । गाडी चालक भने फरार छन् ।