घुस असुल्ने लेखापाल अख्तियारको फन्दामा

काठमाडौँ, कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा रहेको पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहाललाई २५ हजार नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आयोगले उनलाई कार्यकक्षबाटै घुस सहित नियन्त्रणमा लिएको हो ।
पाठ्यक्रम विकास केन्द्र भक्तपुरले कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने जिम्मेवारी राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई दिएको थियो । सम्झौता अनुरुप कार्यसम्पन्न पश्चात बिल भुक्तानी माग गर्दा लेखा पाल दाहालले विना घुस भुक्तानी नदिए पछि महासंघले घुस दिन वाध्य भएको थियो ।
महासंघले घुस दिए पश्चात दाहाललाई पक्राउ गरिएको छ । आरोपी दाहालको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताएका छन् ।