घट्यो सुनको मूल्य, कति पुग्यो त तोलामा ?

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपियाँले घट्को छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको १ हजारले घटेको हो महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २६ रुपियाँले घटेर १ हजार ३ सयमा कारोबार भएको महासङ्घले जानकारी गराएको छ ।