घटस्थापनाको साइत पारेर प्रचण्ड नयाँ घरमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले घटस्थापनाको साइत पारेर’गृह प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका १४ स्थित भिमसेननगरमा उनले नयाँ घर बनाएका हुन् ।

दाहालले करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् । जागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए ।

प्रचण्डले आफू गाँउमै फर्किएको बताएका छन् । उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् ।