डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकाबाट ४ यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।

डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ । स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका गराएका थिए ।“आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,“ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिएको छ ।

उनले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिएको थियो । डुङ्गामा १ सय जनाजति यात्रु रहेका बताइएको छ । अहिले पनि डुङ्गामा रहेका अरु १० देखि १२ जना जति यात्रु हराइरहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिएको छ ।

उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले जानकारी दिए । ।