विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

काठमाडौँ । धनगढीका विभिन्न स्थानबाट सोमबार सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका ५ लाख २२ हजार बराबरका कम्युटर पार्टस, हार्डवेयर, लेडिज सुट, इन्भटर, जुत्ता चप्पललगायतका समान बरामद गरेको बताइएको छ । रासस