सरकार ज्याकेट र झोला पनि च्यात्ने कि ?

काठमाडौं, मंसिर । न्यान नपाए गोर्खा जानु भन्ने उक्ति यतिखेर सहि संकेत देखिएको छ । विगतमा गोर्खा गएर न्याय पाउनेहरुले यतिखेर सिंहदरबार मै पुग्दा पनि न्याय पाउन सकेका छैनन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्यारालाई सरकारले अझै पनि पक्राउ गर्न सकेको छैन । अपराधीलाई सरकारले नै लुकाएको आरोप लगाउँदै देशभर नै विरोध भईरहेको छ ।
जति विरोध भएपनि निर्मला पन्तले न्याय नपाउने शंका देखिएपछि स्वफूर्त रुपमा युवाहरुले आप्mना विरोध जारी राखेका छन् । त्यही क्रममा सामाजिक सुरक्षाका लागि विद्युतका पोल पोलमा प्रधानमन्त्रीको पोष्टर राखिएकै ठाउँमा उनीहरुले,‘ सरकार भेटियो न्याय भेटिएन’ भन्ने नारा सहितको पोष्टर राखे ।
तर सरकारले प्रहरी लगाएर निर्मला पन्तको तस्वीर अंकित त्यस्ता पोष्टर च्यातेर फाल्न लगायो । सरकारको कार्य शैली प्रति सामाजिक सञ्जाल मार्फत निकै विरोध पनि भयो । यतिखेर सरकारले पोष्टर च्यातेपछि सामाजिक अभियन्ताहरुले स्टिकर निर्माण गरी झोला, टोपी ज्याकेट, आफ्ना सवारी साधनमा प्रयोग गरी आफ्नो विरोधलाई निरन्तरता दिएका छन् ।
यसले सरकारको न्याय शैलीलाई उझागर गरेको छ । सरकार के अव पोष्टर जस्तै ज्योकट, झोला सवै च्यातेर फाल्छौं ?