बाल यौन दुरूपयोग गरेको आरोपमा पक्राउ

काठमाडौँ । मोरङमा ७ वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको आरोपमा लेटाङ नगरपालिका २ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने खबरको आधारमा प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।