उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु कार्यालयमा धर्ना

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् ।

टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका हुन् ।

पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् । धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी भएका छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो ।