भरूवा बन्दुकसहित दुईजना प्रकाउ

काठमाडौँ । अर्घाखाँचीमा भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिकाबाट १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय पर्शुराम खनाल रहेका छन् ।

उनीहरुले भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनीहरूको साथबाट एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको उनले बताए । दुवै जनालाई हातहतियार खरखजानाको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ।