नक्कली नोट सहित एक पक्राउ

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामती रहेका छन् ।

उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।