सुनको मूल्य २ सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावला सुनको मूल्य तोलामा २ सयले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजारमा कारोबार भएको छ । तेजावी सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ हजार २ सयमा कारोबार भएको थियो । बिहीबार छापावला सुन तोलामा ९२ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।