ट्याक्टर दुर्घटनामा दाजुभाइसहित ४ को मृत्यु

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाटमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा एकैघरका दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा, वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले बताएका छ ।

घटनास्थलमा साँघु प्रहरी चौकीबाटे र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको राईले वताए । प्रहरीको टोली पुगेपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जाकारी दिएको छ ।