घर मात्र होइन शहर पनि सफा राखौं

काठमाडौं । राजधानीको वानेश्वरस्थित एएसजी आइ अस्पतालले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गदै आफ्नो सामाजीक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत घर मात्र होइन शहर पनि सफा राखौं भन्ने मुल नारा सहित विहिवार वृहत सफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम सम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार भेटवार्ता कार्यक्रममा अस्पतालको तर्फबाट डा. शुसान्त अडिगा र डा कौशल पोखरेलले विहिवार विहान वानेश्वर क्षेत्रमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, महानगरका उपप्रमुख संगै महानगर वडा न १० का जनप्रतिनिधी समेतको विशेष आतिथ्यता रहने बताए ।

त्यस्तै अस्पताल प्ररिसरबाट अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र हुँदै थापा गाउँ लगायतका क्षेत्रमा करिव एकसय जना स्वयम सेवकको सहभागीतामा सम्पन्न हुने प्रस्तुत सफाइ कार्यक्रमको क्रमममा घरमात्र होइन शहर पनि हाम्रो घर नै हो , यसअर्थमा शहको सफाइ संगै यहाँस्थित चख्खुबख्खु मन्दिरको सफाइ र हरियाली प्रवद्र्धनका लागि वृक्षा रोपन समेत गर्दै सकारात्मक सन्देश प्रवाह गर्नु रहेको बताए ।

कार्यक्रममा अस्पतालका जिम्मेवार अधिकारीहरु वातावरण विज्ञ सरिना भट्टराइ, कर्पोरेट म्यानेजर राजीवरञ्जन झा ,नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झा लगायतको उपस्थित रहेको थियो ।