राष्ट्र बैंकले धनतेरसको अवसरमा बेच्न थाल्यो असर्फी

काठमाडौँ । राष्ट्र बैंकले तिहारको धनतेरसको अवसर पारेर सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री वितरण थालिएको छ ।

राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि बिक्री सुरु गरेको टक्सार विभाग प्रमुख विनोदराज आचार्यले जानकारी गराएको छ । धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले सुन र चाँदीका सिक्का बिक्री थालिएको आचार्यको भनाइ छ ।

‘राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री सुरु भएको हो । यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको आचार्यले बताए । १.५ ग्रामका असर्फी भने यस वर्ष उपलब्ध नरहेको राष्ट्र बैंकले जानका छरी दिएको छ ।

विभागले १.५ ग्रामको असर्फी उत्पादनको लागि प्रस्तव पठाएको भएपनि राष्ट्र बैंक्को व्यवस्थापनबाट कुनै जवाफ नआएपछि यस वर्ष २.५ ग्राम, ५ ग्राम र १० ग्रामका मात्रै सुनका असर्फी उपलब्ध रहेको उनले बताए । प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक, एक थान असर्फी वितरण गर्छौं’ उनले भने, ‘आवश्यकता र औचित्य हेरेर त्यसमा कम वा बढी पनि गर्न सकिन्छ ।’