बडहरेबाट अवैध लागूऔषध सहित दुई पक्राउ

काठमाडौँ । पोखरा महानगरपालिका(३२ बडहरेबाट अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् ।

प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।