काठमाडौँ । सिरहाको लहानमा प्रादेशिक अस्पतालका डाक्टर अंशु शौरभमाथि स्थानीयले हातपात गरेको छ । डाक्टर शौरभमाथि हातपात भएपछि अहिले अस्पतालको सेवा अवरुद्ध भएको हो ।
स्थानीय ललिता यादवले अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टकै अगाडी डाक्टरमाथि हातपात गरेकी थिइन ।
डाक्टरमाथि अनाहकमै कुटपिट हुनु दुखद भएको भन्दै अस्पतालका डाक्टरहरूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र अस्पतालमा यस्ता गतिविधि हुन नदिने वातावरण बनाउन माग गरेका छन् ।
बाहिरको व्यक्ति बोलाएर नियोजित रुपमा आफुमाथि हातपात गराएको डाक्टर शौरभले बताईन् । आफूमाथि पानीको बोतलसहित कुटपिट गरेका छन्, लुगा च्यात्न खोजिएको थियो, मलाई न्याय चाहियो,’ उनले भनिन् ‘यस्तो हुँदा यहाँ काम गर्ने वातावरण छैन, अस्पताल विकास समितिको अध्यक्ष र सुपरिटेन्डेन्टले घटनाबारे जवाफ दिनुपर्छ ।’
डा. शौरभ जनकपुरबाट काजमा लहान अस्पतालमा कार्यरत छिन् । काज फिर्ता माग्न मेडिकल सुपरिटेन्डेन्ट डा। सुशील कुमार कुसवाहाको कार्यकक्षमा पुगेका थिए । त्यहाँ अस्पतालका अध्यक्ष शत्रुधन मण्डल पनि थिए । मण्डलसँगै आएकी ललिता यादवले डा. शर्मामाथि हातपात गरेकी हुन् ।
समस्या समाधान गर्न छलफल भईरहेको अस्पताल सुपरिटेन्डेन्ट कुसवाहाले जानकारी दिए । यता घटनाबारे जानकारी लिइरहेको उजुरी आए अनुसन्धान गरी कानूनी प्रक्रिया बढाउने इलाका प्रहरी कार्यालय लहानले जानकारी गराएको छ ।
डाक्टरहरूको आन्दोलनले शुक्रबार बिहानदेखि अस्पतालका केही सेवा अवरुद्ध गरेका छन् । हातपातको घटना भने बिहीबार साँझ भएको हो ।
Add Comment