घट्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौँ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले घटेरको छ । आज प्रतितोला ९२ हजार ५ सयमा तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १ सय ७० मा कारोबार भएको छ ।