गुल्मीमा आफ्नै श्रीमतीको हत्या

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका ७ मा श्रीमानले आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको छ । श्रीमतीको हत्या गरेको आरोपमा ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।