जुवातास खेलिरहेको अवस्थामा तामाङ्ग सहित ९ पक्राउ

काठमाडौँ । कागेश्‍वरी मनोहरा नगरपालिका ७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका(१ घर भएका ३७ वर्षीय सुरज तामाङ्ग सहित ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।