हुम्लामा सुत्केरी हुन नसकेर शाहीको मृत्यु

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँमा २० वर्षीया रङ्गिता शाहीको सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गरेका छन् । गाउँबाट स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ ।