काठमाडौं क्षेत्र नं. ५ का मतदाता माझ नारायण सिलवाल

काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न पाउने भएपनि उम्मेदवारहरु घरदैलो र भेलालाई सम्वोधन गर्न थालेका छन् । काठमाडौ क्षेत्र नं. ५ बाट उम्मेदारी दिएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोख्रेल र प्रदेश सभाका उम्मेदवार पूर्व प्रदेश सांसद नारायण सिलवालले कार्यकर्ता माझ चुनावी सम्वोधन गरेका छन् ।

यतिखेर एमालेका उम्मेदवारहरुलाई अनैतिक ढंगबाट हराउन गठवन्धन सरकारले सरकारी श्रोत साधनको प्रयोग गर्दै झुठा आश्वासन दिएर जनतालाई भ्रममा पारिरहेको भन्दै पोख्रेलले गलत क्रियाकलापको भण्डाफोर गर्दै सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन पार्टीले बहुमतको सरकार निर्माण गरेर देखाउने बताए ।

धुम्वाराहीमा आयोजित कार्यकर्ताहरुको भेलालाई सम्वोधन गर्दै क्षेत्र नं. ५ ख बाट प्रदेश सभा सदस्यमा उम्मदवारी दिएका पूर्व प्रदेश सांसद नारायण सिलवालले काठमाडौंमा अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्दै त्यस्ता स्थानहरुमा सार्वजनिक पार्क निर्माण, सम्पदा निर्माण लगायतका कार्यहरु विगत पाँच वर्षमा सम्पन्न गरिसकेकाले काठमाडौं क्षेत्र नं. ५ का नागरिकहरुकै चाहना अनुरुपका विकास निर्माण कार्यक्रममा आफूहरु सक्रिय रहेको बताए । उनले आगामी पाँच वर्षभित्र सो क्षेत्रको विकासमा आमूल परिवर्तन बोलेर होइन गरेर देखाउने बताए ।