एसिएन पेन्ट्सले किन उठाएन बजारबाट गुणस्तरहिन रंग ?

काठमाडौं । एसियन पेन्ट्स नेपाल प्रालिले बजारमा म्याद सकिएका कयौ डिब्बा रंग अझै उठाएको छैन । बाणिज्य बिभागले केहि ठाउँमा छापा मारेर गुणस्तरहिन रंगहरु नियन्त्रणमा लिएको थियो । बजारका अन्य खुद्रा तथा होलसेल पसलमा म्याद सकिएको गुणस्तरहिन रंगहरु फेला पारेका छन् ।

वाणिज्य बिभागका अनुसार ऐशिएन पेन्टसले मिति सकिएको रंगहरुलाई डब्बामा रहेको पुरानो लेबल हटाई नयाँ मूल्य र स्टिकर टाँसी बजारमा पठाएको पाइन्छ । छापा मार्न क्रममा वाणिज्य बिभागले २ वटा गोदाममा रहेको सबै रंगको डिबाहरु म्याद सकिएको फेला पारेका छन् । म्याद सकिएको रंगहरु अझै बजारबाट फिर्ता गरेको छैन भन्ने बिभागको भनाइ छ ।

संरक्षण ऐन २०७५ अनुसार मिति र मूल्य ढाकछोप गरि पुन अर्को मिति र मूल्य टाँसेर बजार पठाएका सामानहरु गहेरकानुनी हो । हरेक सामानको उपभोग्य मिति यति हो भनेर मापदण्ड तोकि बिक्रिको लागि बजार पठाई सामानहरु सो मितिसम्म बिक्री हुदैनन् भने त्यस सामानको मिति सकिएको हुन्छ । नयाँ मिति हालेर जनतालाई झुक्याई बिकी्र गर्नु गरकानुनी हो ।

मिति सकिएको रंग बजारमा पठाएको गोप्य सुचनाको आधारमा बिभागले छापा मारेको हो । काठमाडौंको सतुङगल र ललितपुरको बालकुमारीमा रहेको गोदाममा राखिएको उल्लेखित रंगको मूल्य बजारमा १ करोड २० लाख रहेको छ । बिभागले नयाँ मूल्य र मिति टाँसेर बजार लैजान राखेको ८ हजार थान डिब्बा नियन्त्रणमा लिएको जानकारी गराएको छ ।