सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु

काठमाडौँ । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु भएको छ । हमलामा दर्जनौं घाइते भएको आशंङक गरेको छ ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको मनसाय रहेको देशको गुप्तचर निकायलाई पूर्व सूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारबाही गरिएको जानकारी दिएको छ ।

सोमालीयाली सेनाले गरेको अथक प्रयासको कारण गत हप्ता अल–शबाब समूहका करिब २ सय सदस्यको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल–शबाबका करिब २ सय सदस्यहरूलाई मारेको छ।

ताजा अपडेट