भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु

काठमाडौँ । तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’माजालिवाले बुकोबा एयरपोर्टमा पुगेपछि यहाँ जम्मा भएका भीडलाई भनेका थिए ।

उक्त विमान यात्रामा रहेका ४३ यात्रु मध्ये २४ जना बाँच्न सफल रहेका र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।अस्पतालमा भर्ना बिरामीहरुमा दुई जना विमानमा सवार नरहेका पनि रहेका एयरलाइन अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।


राष्ट्रपति सामिया सुलुहु हसनले दुर्घटनामा परी घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै भनेका छन् : ‘हामी हामीलाई मद्दत गर्न ईश्वरसँग प्रार्थना गर्दछौं।’ यो प्रकोप पूर्वी अफ्रिकी राष्ट्रमा भएको सबैभन्दा घातक विमान दुर्घटनाको रुपमा रहेको छ ।