सामान्य विवाद हुँदा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौँ । सामान्य वादविवाद हुदा श्रीमानले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको छ । श्रीमतीको हत्या गरेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीचको सामान्य वादविवाद भएको हुँदा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले रघुनाथलाई पक्राउ गरेको हो ।